प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रोहित इन्डोनेसियाकै पर्सिक कदिरी क्लबमा अनुबन्ध

611
shares

काठमाडौं ।नेपालका रक्षक रोहित चन्द इन्डोनेसियनकै अर्को क्लब पर्सिक कदिरी सँग अनुबन्ध भएका छन् । त्यहाँको शीर्ष लिग लिगा वानको क्लब पर्सिजा जाकर्ता सँगको सम्झौता समाप्त भएलगत्तै रोहित अर्को क्लबसँग अनुबन्ध भएका हुन् ।

पर्सिक कदिरीले आइतबार रोतिहलाई अनुबन्धन गरेको जनाएको छ । पर्सिक कदिरीले फेसबुकमा लेखेको छ, ‘‘हिमालय ह्वाइट टाइगरलाई स्वागत छ ।’’ रोहितको पूर्व क्लब पर्सिजा जाकर्ताले शनिबार रोहित सँगको सम्झैता समाप्त भएको भन्दै बिदाईको भिडियो सार्वजनिक गरेको थियो । सन् २०१७ मा दोस्रोपटक जाकार्ता सँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल गर्नुका साथै आठमा अवसर सिर्जना गरिदिएका थिए ।

रोहितले जाकार्ताबाट घरेलु लिग सहित तीन उपाधि जितेका थिए । सन् २०१८ मा रोहित लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितले पहिलोपटक सन् २०१३ देखि २०१५ सम्म जाकार्ता बाट खेलेका थिए । रोहितले सुरुमा पीएसपीएस पेकेनबारु बाट खेलेका थिए । पर्सिक कदिरी इन्डोनेसियामा रोहित अनुबन्ध भएको तेस्रो क्लब हो । स्रोतका अनुसार ३० वर्षे रोहितले पर्सिक कदिरी सँग तीन वर्षको सम्झौता गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports