kumari
stcnepal

रोहित इन्डोनेसियाकै पर्सिक कदिरी क्लबमा अनुबन्ध

काठमाडौं ।नेपालका रक्षक रोहित चन्द इन्डोनेसियनकै अर्को क्लब पर्सिक कदिरी सँग अनुबन्ध भएका छन् । त्यहाँको शीर्ष लिग लिगा वानको क्लब पर्सिजा जाकर्ता सँगको सम्झौता समाप्त भएलगत्तै रोहित अर्को क्लबसँग अनुबन्ध भएका हुन् ।

पर्सिक कदिरीले आइतबार रोतिहलाई अनुबन्धन गरेको जनाएको छ । पर्सिक कदिरीले फेसबुकमा लेखेको छ, ‘‘हिमालय ह्वाइट टाइगरलाई स्वागत छ ।’’ रोहितको पूर्व क्लब पर्सिजा जाकर्ताले शनिबार रोहित सँगको सम्झैता समाप्त भएको भन्दै बिदाईको भिडियो सार्वजनिक गरेको थियो । सन् २०१७ मा दोस्रोपटक जाकार्ता सँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल गर्नुका साथै आठमा अवसर सिर्जना गरिदिएका थिए ।

रोहितले जाकार्ताबाट घरेलु लिग सहित तीन उपाधि जितेका थिए । सन् २०१८ मा रोहित लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितले पहिलोपटक सन् २०१३ देखि २०१५ सम्म जाकार्ता बाट खेलेका थिए । रोहितले सुरुमा पीएसपीएस पेकेनबारु बाट खेलेका थिए । पर्सिक कदिरी इन्डोनेसियामा रोहित अनुबन्ध भएको तेस्रो क्लब हो । स्रोतका अनुसार ३० वर्षे रोहितले पर्सिक कदिरी सँग तीन वर्षको सम्झौता गरेका छन् ।

 

 

footer