kumari
stcnepal

राजश्व अनुसन्धान विभागले निरज ट्रेडर्स विरुद्ध १६ करोड मागदाबी सहित मुद्धा दायर गर्यो

काठमाडौं ।राजश्व अनुसन्धान विभागले राजश्व चुहावट गर्ने निरज ट्रेडर्स विरुद्ध करोडौं रकम मागदाबी गर्दै मुद्धा दायर गरेको छ । विभागले चितवनमा व्यवसाय गर्ने ट्रेडर्सका सञ्चालकहरू श्रीराम ठाकुर र जटशंकर जैसवाल विरुद्ध मुद्धा दायर गरेको हो ।

जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर बीजक खरिद गरेर वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरेर कम्पनीले राजश्व चुहावट गरेको पाइएको विभागले जानकारी दिएको छ । राजश्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन सहित) को दफा ३ ले सोही ऐनको दफा ४(क) र (झ) बमोजिम कसुर गरेको पुष्टी हुन आएको छ ।

कम्पनीले २ करोड ४१ लाख ३५ हजार ९४१ रुपैयाँ मूल्य अभिवृद्धि कर र ५ करोड ५७ लाख १६ हजार ६१२ रुपैयाँ आयकर गरी कूल ७ करोड ९८ लाख ५२ हजार ५५३ रुपैयाँ राजश्व चुहावट गरेको थियो । त्यसैले, सोही रकम बराबरको जरिवाना रकम सहित कूल १५ करोड ९७ लाख ५ हजार १०६ रुपैयाँ मागदाबी सहित अदालतमा मुद्धा दायर भएको हो ।

 

 

footer