२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हेरौ मन्त्रिपरिषद बैठकका निर्णय

1K
shares

काठमाडौं ।सरकारले विश्व बैंक बाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिने बारे वार्ता टोली गठन गर्ने भएको छ । सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंक बाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिव ३३ अर्ब रुपैयाँ ऋण सहायता लिने बारे वार्ता टोली गठन गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले वैदेशिक रोजगारी बाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीजरल्याण्ड सरकार बाट प्राप्त हुने ६.८ मिलियन डलर अर्थात् करिब ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको भएको पनि बताए ।

प्रवक्ता कार्कीका अनुसार सरकारले २०७९ जेठ ९ गतेदेखि १३ गते सम्म थाइल्याण्डको बैंककमा आयोजना युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय गरको छ, त्यस्तै नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृती दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको बताए । उनका अनुसार सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले २०७९ जेठ १८ मा नर्वे र जेठ १९ फिनल्यान्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रको बैठकहरूमा भाग लिनका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने र नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११ औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको पनि बताए ।
प्रवक्ता कार्कीले भने, ‘२०७९ वैशाख ३० गते मुलुकभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग एवम् आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण मतदाता,राजनीतिक दल,राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा सञ्चारकर्मी, नागरिक समाज लगायत निर्वाचन कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद दिने निर्णय भएको छ ।’

यस्ता छन् निर्णय (बुँदागत रुपमा) :
–२०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने ।

–वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन करिव ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने ।

–विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर करिव ३३ अर्ब ऋण सहायता सम्बन्धमा वार्ता टोली गठन गर्ने ।

–नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports