२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रियुगा नगरपालिकामा पुन: मतगणना नुहने

819
shares

उदयपुर ।त्रियुगा नगरपालिकामा पुन: मतगणना नुहने भएको छ । बहुमत दलहरूले वडा नम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजै देखि मतगणना सुरु गर्ने जानकारी दिए। ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणनाको तयारी गर्दैछौं ।’

त्रियुगा-१२ को मतदानमै विवादित भए सँगै मतगणना स्थगित भएको थियो । पुन: मतदान गर्ने भन्दै सूचना टाँसिएको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुन:मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपा लगायतले पुन: मतदानको माग राखेका छन् । नेकपा एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports