२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएपछि प्रमुख दलले आ–आफ्नै प्रतिक्रिया दिए

1.25K
shares

चितवन ।चितवनको भरतपुर महानगर मेयरमा गठबन्धन बाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएपछि प्रमुख दलले आ–आफ्नै प्रतिक्रिया दिएका छन्। दाहाल मेयरमा निर्वाचित भएपछि माओवादी केन्द्र,नेपाली काँग्रेसले उनको पक्षमा प्रक्रिया दिएका छन् भने नेकपा एमालेले सत्ता,शक्ति र पैसाको प्रभावमा निर्वाचन जितेको आरोप लगाएको छ। दाहाल निर्वाचित भएपछि माओवादी केन्द्रका चितवन जिल्ला संयोजक आरसी अधिकारी, नेकपा एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र नेपाली काँग्रेस चितवन सभापति राजेश्वर खनालले यस्तो प्रक्रिया दिएका छन्।

पार्टी संगठनको तागत र पाँच दलीय गठबन्धन बाट चुनाव जित्यौँ आरसी अधिकारी, संयोजक, नेकपा माओवादी केन्द्र चितवन

हामीलाई जगन्नाथ पौडेलको उम्मेदवारीले चुनाव जित्न सहज भएको भन्ने छ । तर त्यसो भन्न मिल्दैन। हामीले आफ्नो संगठनको आधार र पाँच दलको एकताले जितेका हौँ । परिणामका हिसाबले उहाँले मत काट्नुभयो, काँग्रेसमा भएको मत काट्नु भयो । त्यस्तै उहाँ हाम्रो सहयोगी हो भन्न मिल्दैन। यद्यपि त्यो भोट प्रतिपक्षमा जान्थ्यो भन्नेहरू पनि छन्। तर उहाँको सबै मत रेनु दाहालको पक्षमा गएको भए विजय जुलुस उहिल्यै निस्कन्थ्यो पनि भन्न सकिन्छ ।

त्यसैले हामीले आफ्नै आधारमा लोकप्रिय मतले जितेका छौँ। यसपटक एमालेका साथीहरूले पनि मेयर रेनु दाहाललाई पनि मत हाल्नुभएको छ । जे जस्तो भए पनि हामीले लोकप्रिय मतका साथ जितेका छौँ । आफ्नै पार्टीको संगठनात्मक आधार, लोकप्रियता,पाँच दलीय गठबन्धनको सहकार्य र तलै सम्म प्रतिबद्ध भएर गरेको एकताले चुनाव जित्न सफल भएका छौँ ।

गठबन्धनको यत्ति नै मत भनेर भन्न सक्ने अवस्था छैन। सरसर्ती जगन्नाथ जीले ल्याएको मत हेर्दा त्यो गठबन्धनकै मत भन्नु पर्ने हुन्छ। उहाँ काँग्रेसको क्रियाशील सदस्य पनि हो। त्यो मत पनि हाम्रै हो। सबै मत थपिएको भए अझ फराकिलो मत अन्तरले विजयी हुन्थ्यौँ। गठबन्धनको सवालमा काँग्रेस लगायत पाँचै दल चितवनको हकमा प्रतिबद्धै भए। जहाँ–जहाँ हामीले गठबन्धन गरियौ। सात पालिकामा गठबन्धन गरियौ त्यहाँ मूलभूत रूपमा सबै दल प्रतिबद्ध भए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports