kumari
stcnepal

मुल्यवृद्धिको विरोधमा प्रदेश- १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन

विराटनगर ।इन्धनको मुल्यवृद्धिको विरोधमा प्रदेश- १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् ।

खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मुल्य वृद्धिको विरोधमा मंगलबार विराटनगर स्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । मनलाग्दी भएको मुल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए ।

संघीय सरकारले मुल्य वृद्धि गर्दा प्रदेश सरकार चुप लागेर बसेको भन्‍दै खाली सिलिण्डर राखेर प्रदर्शन गर्नु परेको उनले बताए । प्रदर्शनका क्रममा स्थानीयले मुल्यवृद्धि तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।

 

 

footer