kumari
stcnepal

आज अधिकांश प्रदेशमा हावाहुरी र चट्याङ सहित बर्षाको सम्भावना

काठमाडौं ।प्रदेश–१ र वाग्मती प्रदेश सहित केही स्थानमा वर्षा हुने भएको छ । प्रदेश–१ र वाग्मती प्रदेश सहित अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनसार आज राति देशका उच्च पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का उच्च पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्स हित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

footer