बालेनले कटाए ५३ हजार, स्थापित र सिह कति ?
वि.सं.२०७९ जेठ ११ बुधवार ०७:४०
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार मत कटाएका छन् । बुधवार बिहानको अपडेट अनुसार मेयर पदमा साहले ५३ हजार ५६ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ३३ हजार १६६ मत ल्याएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३ हजार १०५ मत ल्याएकी छन् । १ लाख ६४ हजार ५६० मत गन्दा साहले फराकिलो मतान्तर सहित अग्रतालाई निरन्तरता दिएका छन् ।



































