kumari
stcnepal

प्रीओपन सेसनमा नेप्से परिसूचक ५ अंक भन्दा धेरैले बढ्यो

काठमाडौ – बुधबार प्रीओपन सेसनमा नेप्से परिसूचक ५ अंक भन्दा धेरैले बढेर कारोबार भएको छ । मंगलबार बजार दोहोरो अङ्कले बढेको थियो ।

आजको वृद्धि सँगै समग्र बजार २२२२ बिन्दुमा पुगेको छ । १९ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा १६ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र घटेको छ त्यस्तै १ कम्पनीको शेयर मूल्य यथावत रहेको छ । आज ४ लाख माथिको शेयर किनबेच भएको छ ।

आइसीएफसी कम्पनीको सबैभन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा आधा दर्जन बढी कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढेको छ ।

 

 

 

footer