प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय क्रिकेटहरूको पारिश्रमिक बढ्यो, महिला क्रिकेटहरूको पनि

572
shares

काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ ।

सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु गरेको थियो । सुरुमा ए बी र सी ग्रेडका खेलाडीले क्रमसः २५, १५ र १० हजार पारिश्रमिक दिइएको थियो । समय अनुसार पारिश्रमिक बढाउँदै लगेको क्यानको पछिल्लो निर्णयपछि नेपाली टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पुगेको छ । बी र सी ग्रेडका खेलाडीले क्रमसः ५० र ४० हजार रुपैयाँ पाउँछन् ।

यस्तै महिला क्रिकेट टोलीका खेलाडीको पनि पारिश्रमिक बढाइएको छ । ए र बी ग्रेडका खेलाडीको पारिश्रमिक मासिक ६ हजारका दरले बृद्धि गरिएको छ । सी ग्रेडका खेलाडीको ५ हजारका दरले बढेको छ । नयाँ पारिश्रमिक अनुसार ए ग्रेडका महिला खेलाडीले मासिक २१ हजार, बी र सी ग्रेडका खेलाडीले क्रमसः १८ र १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । क्यानले क्यालेन्डर वर्षमा गरेको प्रदर्शनका आधारमा खेलाडीको वर्गीकरण गरी पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

अघिल्लो वर्ष क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएका चारजना खेलाडीलाई अनुशासनको कारबाही गरिएको थियो । क्यानले क्रिकेट मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारका दरले बढाएको छ । मैदान कार्यालय सहयोगी र मैदान पीच क्यूरेटरको पारिश्रमिक पनि क्रमसः ५ र ६ हजारका दरले बृद्धि गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports