kumari
stcnepal

कटारी नगरपालिकाको मेयरमा काङ्ग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित, उपप्रमुखमा भने एमालेकी गीता खड्का

उदयपुर । कटारी नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सकिएको मतगणना अनुसार उनी ६ हजार ४१७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले पाँच हजार ९५२ मत पाए ।

कटारीमा सत्तारुढ दलहरु बीच गठबन्धन भएको थियो । मेयर पदको उम्मेदवारी नपाएपछि माओवादी केन्द्रका नेता बरालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । निवर्तमान मेयर समेत रहेका नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ पाँच हजार ७१५ ल्याउँदै तेस्रो स्थानमा रहे ।

उपप्रमुखमा भने नेकपा एमालेकी गीता खड्का ६ हजार ४१३ मतका साथ निर्वाचित भइन् । उनक निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विनोदकुमार कटुवाललाई तीन हजार ८२१ मत मात्र पाए ।

१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष काङ्ग्रेस, २ वडाध्यक्ष स्वतन्त्र, १ वडाध्यक्ष नेकपा (एकीकृत समाजवादी) र १ वटा नेकपा (माओवादी केन्द्र) ले जितेको छ ।

 

 

footer