२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

३५२२१ मध्ये ३४७४१ जनप्रतिनिधि चुनिए, अब ४८० चुनिन बाकी, नेकपा एसले ३% पनि मत ल्याउन सकेन

676
shares

काठमाडौं ।बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन बाट हाल सम्म ३४ हजार ७ सय ४१ जना जनप्रतिनिधि निर्वाचित भएका छन । कुल ३५ हजार २ सय २१ जनाका लागि भएको निर्वाचनमा निर्विरोधसहित ३४ हजार ७ सय ४१ जनप्रतिनिधि निर्वाचित भएको हुन । निर्वाचन आयोगका अनुसार अव ४ सय ८० जना जनप्रतिनिधि निर्वाचित हुन बाँकी रहेको छ ।

आयोगको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका १३ हजार ६ सय ३० जना जनप्रतिनिधि निर्वाचित भएका छन भने नेकपा एमाले बाट ११ हजार ७ सय ७६ जना निर्वाचित भएका छन । यो ३३ दशमलव ९१ प्रतिशत हो । यस्तै नेकपा माओवादी केन्द्र बाट ५ हजार १९ जना र जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका १ हजार ५ सय ३३ जना र नेकपा एकीकृत समाजवादीबाट ९ सय ७९ जना निर्वाचित भएका छन ।

नेकपा एकीकृृत समाजवादीले जितेको यो संख्या २ दशमलव ८२ प्रतिशत हो । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका ५ सय ८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ सय ३, राष्ट्रिय जनमोर्चाका १५९, नागरिक उन्मुक्ति पार्टीका ९९ जना निर्वाचित भएका छन । यस्तै जनमत पार्टीका ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टीका १७ जना निर्वाचित भएका छन ।

यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझाका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ९, नेपाल लोकतान्त्रिक पार्टीका ७, राष्ट्रिय जनमुक्ति पार्टीका ७, नेपाली कांग्रेस (विपी) का ७, बहुजन शक्ति पार्टीका ६, बहुजन एकता पार्टी नेपालका ५, नेपाल सुशासन पार्टीका ४, नेकपा माओवादी समाजवादीका २, नेपाल सद्भावना पार्टीका १ र स्वतन्त्र ३ सय ८३ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports