kumari
stcnepal

ओलीको आलोचना गर्ने दिन सकियो, अब काम गरेर देखाऔ : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने चरण सकिएको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्ववर्ती सरकार र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको आलोचना नगरी अब काम गर्ने जिम्मा कांग्रेसलाई आइपुगेको बताए ।

नेता थापाले, ‘स्थानीय तहमा हामीले झन्डै–झन्डै २०४९ सालको जस्तो अभूतपूर्व सफलता हासिल गरेका छौं। संघीय सरकारामा हामी छौँ । प्रदेशको सरकार चलाएका छौँ । अब आलोचना गर्ने चरण सकियो । हाम्रो बारेमा कुरा गर्नुपर्छ । अस्ति सम्म पूर्ववर्ती सरकार र ओलीजीका विषयमा आलोचना गर्नुपर्दथ्यो ।’

महामन्त्री थापाले दलहरु आफ्ना अजेन्डा अनुसार निर्वाचनमा गएर जनताले त्यसको उत्तर दिइसकेकाको बताए । उनले यस निर्वाचन बाट कांग्रेसको लोकप्रियता बढेको बताउँदै सिट मात्रै नभइ मतदाताको संख्या समेत बढेको उल्लेख गरे ।

‘हामी जुन लोप्रिय मत भन्छौं, त्यो बढेको छ’ उनले भने, ‘मतदाताको संख्या बढेको छ । कहिले काहिँ सिट बढेपनि लोकप्रियता नबढ्न सक्छ । तर यसपल्ट बढेको छ ।’

 

footer