२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवा बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न सकारात्मक

741
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन गर्न सकारात्मक देखिएका छन् । नेपाली कांग्रेसमा महिला नेताहरु सँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् ।

देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए । भेटमा आफूहरुले बलात्कार मुद्दाको हदम्याद पुनरावलोक गर्नुपर्ने माग सहितको ज्ञापनपत्र बुझाएको कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् । ‘बलात्कारका घटनाहरु बढिरहेको छ । कतिपय घटनाहरुमा हदम्यादले अप्ठ्यारो पारेको महसुस मलाइ पनि भएको छ’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै भुसालले जानकारी दिइन् ।

प्रचलित कानुन आुसार हाडनातामा करणीमा जहिलेसुकै उजुरी लाग्छ भने त्यस बाहेकका बलात्कार वा यौनजन्य हिंसाका घटना भएको एक वर्ष भित्र उजुरी गर्नुपर्ने हुन्छ । नाबालिकको हकमा पनि बालिग (१८ वर्ष) भएपछि एक वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ । तर, महिला नेताहरुले यो एक वर्षे हदम्यादले पीडितलाई अप्ठ्यारो पारेको उल्लेख गर्दै बलात्कारको घटनामा हदम्याद नै नराख्न माग गर्दै आएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports