प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा आजदेखी तिन दिन सम्म कोभिड-१९ बिरूद्धको खोप लगाइने

650
shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा आज बाट तीन दिन कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाले खोप अभियान सञ्चालन गर्न लागेको हो ।

मोर्डना र फाइजर खोप दिइने महानगरपालिकाले जनाएको छ । महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोेकेका स्थानमा बिहान १० देखि दिउँसो ४ बजे सम्म खोप लगाइने छ ।

पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्ष माथिका सबैलाई मोर्डना खोप र १२ वर्ष देखि र १७ वर्ष सम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिन सकिने महानगरले स्पष्ट पारेको छ ।

दोस्रो डोज वा बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड र पहिलो मात्रा लगाउन आउनेल परिचय खुल्ने कागजात ल्याउनु पर्ने महानगरपालिकाले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports