प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रपत्रिका बर्गिकरण २०७५\७६ र २०७६\ ७७ को अन्तिम नतिजा प्रकाशित

637
shares

काठमाडौं ।प्रेस काउन्सिल नेपालले आ.व. २०७५।०७६ र २०७६।०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा मिति २०७८।१०।१६ मा सार्वजनिक गरी प्रकाशित नतिजामा चित्त नबुझाउनेहरुको लागि पुनरावलोकन दिन सक्ने व्यवस्था गरिएको थियो । सो नतिजा उपर पुनरावलोकनको लागि आ.व. २०७५।०७६ को लागि ६५ वटा र २०७६।०७७ को लागि २२५ वटा निवेदन प्राप्त भएको थियो ।

प्राप्त निवेदन सहितका कागजात अध्ययन एवं पुनःमूल्याङ्कन गरी पुनरावलोकन सहितको आ.व. २०७५।०७६ र २०७६।०७७ को पत्रपत्रिका वर्गीकरणको अन्तिम नतिजा प्रकाशन गरिएको छ । पुनरावलोकन सहित आ.व. २०७५।०७६ मा ८७५ पत्रपत्रिका वर्गीकरणमा परे भने कागजात नपुग, अङ्क नपुग र हुबहु भएका कारण ८ वटा पत्रपत्रिकाहरु वर्गीकरणमा समावेश हुन सकेनन् ।

त्यस्तै आ.व. २०७६।०७७ मा पुनरावलोकन सहित ८६३ पत्रपत्रिका वर्गीकृत भई कागजात नपुग, अङ्क नपुग, हुबह र स्थगनमा रहेका कारण १७ वटा पत्रपत्रिकाहरु वर्गीकरणमा समावेश भएका छैनन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports