प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राहदानी बिभाग आइतबार पनि खुल्ने

572
shares

काठमाडौं ।राहदानी विभागले आइतबार पनि सेवा दिने भएको छ । सरकारले साप्ताहिक विदा घोषणा गरेपनि सेवाग्राहीको उच्च्च चापका कारण विभागले जेठ १५ देखि आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको हो ।

विद्युतीय राहदानी सहज रुपमा उपलव्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढी रहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको छ ।

१५ जेठ देखि अर्को व्यवस्था नभए सम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

‘राहदानीको लागि आवेदन दिइ सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports