प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेष्ठ २१ रातो मछिन्द्रनाथको भोटो देखाईने साईत जुर्यो

585
shares

ललितपुर ।ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटन स्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।

उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेल स्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको उपस्थितीमा भोटो देखाइनेछ ।

भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिर मा  ६ राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहाल स्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटन बाटै रथ तानेर बुङमति पुर्‍याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports