२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्ता पनि हुन्छन वडाध्यक्ष

1.03K
shares

काभ्रे ।काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं २ का वडाध्यक्षमा निर्वाचित कविराज श्रेष्ठले ३० लाख नगद र एक थान डोजर वडालाई सहायता दिएर आफ्नो कार्यकाल सुरु गरेका छन् ।

सम्भवत उनी आफुले जितेको वडालाई यति ठूलो रकम आर्थिक सहायता दिएर वडा अध्यक्षको कार्यभार सुरुगर्ने पहिले वडा अध्यक्ष हुन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नगद ३० लाख र एक थान डोजर वडा कार्यलयलाई हस्तान्तरण गरेपछि मात्रै पदभार ग्रहण गरेका हुन् ।


उनले टिकट पाएपछि आफुले चुनावी अभियानमा अनावश्यक खर्च नगर्ने बरु खर्च हुने रकम वडालाई दिने प्रतिबद्धता जनाएका थिए । वडावासी माँझ गरेको प्रतिबद्धता अनुसार श्रेष्ठले रकम र विकास निर्माणका लागि डोजर हस्तान्तरण गरेको बताएका छन् ।

श्रेष्ठ लामो समय देखि समाजसेवामा सक्रिय थिए । उनले खानेपानी, मोटर बाटो र शिक्षा लगायतका क्षेत्र स्थानीय स्तरबाट योगदान पुर्याउँदै आएका थिए । उनी वडामा आएका समस्या प्रति सरल र सहज रुपमा उपस्थिति भएर काम गर्ने भएकाले पनि उनलाई वडावासीले अध्यक्षमा चुनेको स्थानीयहरु बताउँछन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports