प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बनमा

533
shares

काठमाडौं ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बनमा परेका छन् । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

इन्टर्नसिपमा आएकी युवतीले आफू माथि दुर्व्यवहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार यस बिषयमा छानबिन समिति गठन गरिएको छ । ‘झालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ,’ डा. ज्ञवालीले भने,’ ‘यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’

यसअघि २०७६ सालमा पनि महिला सहकर्मी माथि दुर्व्यवहार गरेको फेला परेपछि झा दुई महिना निलम्बन निलम्बनमा परेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports