प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सपथग्रहण समारोहमा निधि अतिथि, एमाले जनप्रतिनिधिहरूद्धारा बहिष्कार

663
shares

जनकपुरधाम ।जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिलाई प्रमुख अतिथि बनाएपछि उनी विवादमा तानिएका छन् ।

मेयर साहले उपमेयर, वडाध्यक्ष र सदस्यहरूलाई सपथग्रहणका लागि कार्यक्रम आयोजना गरेका थिए । प्रमुख अतिथि नेता निधिलाई बनाएपछि नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रम बहिष्कार गरेका छन् ।

एमाले बाट निर्वाचित ७ वटा वडाध्यक्ष र २९ वटा सदस्यले सपथग्रहण कार्यक्रम सामूहिक रूपमा बहिष्कार गरे । एमाले जनप्रतिनिधिको संयुक्त विज्ञप्तिमा निधिलाई प्रमुख अतिथि बनाएकाले सपथग्रहण समारोहमा उपस्थित हुन असमर्थ भएको उल्लेख छ ।

‘सपथग्रहण समारोहमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री वा नेपाल सरकारका कुनै तहका कर्मचारीलाई प्रमुख अतिथि बनाएको भए आपत्ति थिएन’, विज्ञप्तीमा भनिएको छ ।

कांग्रेस बाट टिकट नपाएपछि नगर सभापति बाट राजीनामा दिएर साह स्वतन्त्र उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका उनले चुनावपछि पनि स्वतन्त्र रहने बताएका थिए । तर, निर्वाचित भएपछि अब कांग्रेसमै रहने साहले बताउन थालेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports