विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाजुराको बुढीगंगा नगरपालिकामा पुनमतदान हुने

533
shares

काठमाडौं ।बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदान हुने भएको छ । निर्वाचन आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी गराएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिनेछ । यसअघि ३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरु बीच विवाद भएपछि मतदान रोकिएको थियो ।

बिहीबार बसेको आयोगको बैठकले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझा, सशस्त्र प्रहरी बलका एसपी दीपक विष्टले सुरक्षा व्यवस्थामा गम्भीर लापरवाही गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेकाले उनीहरुलाई तीन दिन भित्र हटाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

त्यस्तै बाजुरामा जिम्मेार कर्मचारी खटाई निर्वाचनको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण तयार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports