सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्घाखाँचीमा चितुवाको आक्रमण बाट सात वर्षीय बालकको निधन

637
shares

अर्घाखाँची ।अर्घाखाँचीमा चितुवाको आक्रमण बाट एक सात वर्षीय बालकको ज्यान गएको छ । सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घर बाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घर बाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला समेत परेको छ ।

अपरान्ह साढे चार बजे विद्यालय बाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको स्थानीय उमेश अधिकारीले जानकारी दिए ।

चिचुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले राति सम्म खोजी गरेको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अमर थापाले बालकको शव फेला परेको बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports