प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मेयर पद गुमाएको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत

624
shares

हेटौडा ।३० वर्षपछि मेयर, उपमेयर गुमाएको नेकपा एमालेले हेटौंडा उपमहानगरको कार्यपालिकामा भने स्पष्ट बहुमत हासिल गरेको छ । हिजो भएको कार्यपालिका सदस्य निर्वाचनमा एमालेको तर्फ बाट आठजना सदस्य निर्वाचित भएसँगै नगर कार्यपालिकामा एमालेले स्पष्ट बहुमत हासिल गरेको हो ।

निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फ बाट खुल्ला तर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई, अर्जुनबहादुर राई ,पातली माया गोङबा, ईश्वरी बिश्वकर्मा, रुकमिणी स्याङतान, मंजु भुर्तेल तथा साधना श्रेष्ठ निर्वाचित भएका हुन् ।

विजयी सबैले समान ५० मत प्राप्त गरेका थिए । पराजित गठबन्धनका उम्मेदवारले भने समान ४७ मत प्राप्त गरेका थिए । निर्वाचन सम्पन्न भए सँगै अब एमाले बाट १७ तथा गठबन्धन बाट १२ जना सदस्य रहेको २९ सदस्यीय कार्यपालिका निर्माण भएको हो ।

कार्यपालिकामा नेकपा एमाले बाट १७ सदस्य पुगेको छ भने नेपाली कांग्रेसबाट उपमेयर सहित ९, नेकपा एकीकृत समाजवादी बाट मेयर सहित दुई तथा नेकपा माओवादी केन्द्र बाट एक जना वडाध्यक्ष मात्र सदस्य रहने छन् । नगरसभामा पनि ५१ सदस्य सहित एमाले स्पष्ट बहुमतमा छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports