विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आर्थिक वर्ष २०७९/८० को बजेट बारे छलफल गर्न एमालेको संसदीय दलको बैठक बस्दै

494
shares

काठमाडौं ।आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल गर्न नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सोमबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्ने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । उक्त बजेट माथि पार्टीको धारणा बनाउन बैठक बस्न लागेको भट्टराईले बताए ।

एमालेका नेताहरुले प्रारम्भिक प्रतिक्रियामा आगामी आम निर्वाचन प्रभावित पार्ने गरी स्रोतको ख्यालै नगरी बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports