विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेशनल शिखर कृषि अवार्डको ब्राण्ड एम्वेसडरमा नायक के.सी. र लोक दोहोरी गायिका हमाल नियुक्त

702
shares

काठमाडौ । नेपालमा कृिष र कृषिजन्य वस्तुको उत्पादनमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कृषकहरुको आत्मबल, आत्मसम्मान र कृषि कर्मप्रतिको उत्साहलाई अझ वृद्धि गर्ने उदेश्यले नेपाल सरकार कृिष मन्त्रालको संयोजन र शिखर नेपालको आयोजनामा हुन गइरहेको तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ को ब्राण्ड एम्वेसडरमा चलचित्रका नायक दिनेस के.सी. र लोक दोहोरी गायिका राधिका हमाल नियुक्त भएका छन् ।
नेपालमा चलचित्र क्षेत्रमा एक आशा लाग्दो नायकको रुपमा २०६६ सालदेखि सक्रिय रुपमा लागि परिरहेका नायक के.सी.ले खतरनाक, वादशाह, लाले, दानवजस्ता ठुलोेपर्दाका चलचित्रहरुमा आफ्नो अभिनय कौशलता प्रदर्शन गरेर दर्शकमाझ प्रस्तुत भइसकेका छन् ।
अभिनय, कला र संगीतमार्फत आफ्नो प्रतिभालाई दर्शक स्रोता समक्ष उजागर गरिरहेका नायक के.सी संचार क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन ।
न्युज नेपाल नामक टेलिभिजन च्यानलमा करिब दुई बर्ष संयोजक पदमा रहि कार्य अनुभब संगाली सकेका के.सी. हालका दिनहरुमा नेपाल टेलिभिजनसंग पनि आबद्ध रहेका छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने भौतिक पुर्वाधार विकाससंग सम्बधित एकमात्र टेलिभिजन कार्यक्रम “विकास र वहस” को कार्यक्रम संयोजकको रुपमा समेत नायक के.सी. कार्यरत छन् ।
त्यस्तै विगत लामो समय देखि नेपाली लोकदोहोरी गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सफल लोक गायिका राधिका हमालले क्याम्पस पढ्न आउने जस्ता लोकप्रिय गितहरु गाएर दर्शक स्रोताहरुको मन मुटुमा बस्न सफल भइसकेकी छन् ।
नायक के.सी. र लोक गायिका हमाललाई कलाकार, चलचित्र निर्देशक, संचारकर्मी एवं तेश्रो नेशनल शिखर कृषि अवार्ड २०२२ का मुल समारोह समितिका अध्यक्ष शेखर खनालले प्रमाणपत्र र नगद सहित व्राण्ड एम्वेसेडरमा नियुक्त गर्नुभएको हो । यही आउँदो असार ३ गते राजधानी काठमाडौमा सम्पन्न हुने अवार्ड कार्यक्रमको लागि नायक के.सी. र लोक गायिका हमालले व्राण्ड एम्वेसडरको रुपमा काम गर्नुपर्ने अध्यक्ष खनालको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports