विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी खारेज भएको हो ? : नारायणकाजी श्रेष्ठ

572
shares

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एमसीसी पास गर्ने क्रममा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणा बारे अमेरिकाले एक शब्द नबोलेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट माथि मंगलबार देखि राष्ट्रिय सभामा सुरु भएको छलफलमा भाग लिँदै श्रेष्ठले बजेटमा लप्सीफेदी–रातमाटे–हेटौंडा–दमौली–बुटवल–गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण अगाडि बढाइने उल्लेख भएको तर, एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले आफैंले प्रश्ताव राखेको हो भक्न्ने प्रश्न गरेका छन् ।

१२ बुँदे व्याख्यात्मक घोषणामा अमेरिकाले सहमति नजनाए स्वतः खारेज हुने उल्लेख रहेको भन्दै उनले भने, ‘अमेरिकाले अहिले सम्म १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा एक शब्द बोलेको छैन । त्यसकारणले यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैँले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फ बाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ । तर यो के हो प्रस्ट हुनुपर्छ ।’

विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रो सँग खुल्न नसकेको उनले बताए । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न नसके पूँजिगत खर्च कार्यान्वयन अघि बढ्न नसक्ने भन्दै उनले भने, ‘सरकारले ४/५ वटा कुरामा ध्यान दिन सकेन । नेपालको विकासको निम्ति झनै बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन हो । त्यो बारेमा बजेट वक्तव्य राम्रो सँग खुलेर प्रश्तुत हुने सकेको छैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगर्ने हो भने पूँजिगत खर्च कार्यान्वयन अघि बढ्दैन ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports