सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनका लागि नेकपाको विवादको समाधान आवश्यक

455
shares

काठमाडौ । पुस ५ गते प्रतिनिधिसभा विघटन सँगै आउँदो २०७८ साल बैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति तोकिएको भएपनि तोकिएकै मितिमा निर्वाचन हुने नहुने निश्चित भएको छैन । केपी ओली नेतृत्वको सरकारले निर्वाचनको तयारीलाई तीव्रता दिएको भएपनि नेपाल कम्युनिष्ट पार्टीको विवाद निर्वाचन आयोगले समाधान गर्न सकेको छैन । नेकपाका दुवै पक्ष केपी ओली र पुष्पकमल दाहाल, माधव नेपाल पक्षले नेकपाको छाप, झण्डा र चुनाव चिन्ह सूर्य दाबी गरिरहेका छन् । निर्वाचन आयोगले नेकपको विवाद समाधान नगरी निर्वाचनको आचारसंहिताको तयारी गरिरहेको छ भन्ने निर्वाचनका अन्य कार्यलाई समेत तीव्र गतिमा अघि बढाईरहेको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दा समेत सर्बोच्च अदातलको सम्वैधानिक इजलासमा सुनुवाइकै क्रममा रहेको छ । अदालतले आउँदो हप्ताभित्रमा निर्णय सुनाउन सक्ने सम्भावना देखिएको छ । अदालतले प्रतिनिधिसभाको विघटनलाई सदर गरेको खण्डमा निर्वाचनमा जानु बाहेक अन्य विकल्प देखिएको छैन । दाहाल नेपाल पक्षले ओली सरकारले कुनै हालतमा पनि निर्वाचन गराउँदैन भन्ने अभिव्यक्ति दिईरहेको बेला सर्बोच्चको सम्वैधानिक इजलासले समयसीमा तोकेर निर्वाचन गराउने सर्तमा प्रतिनिधिसभाको विघटनलाई सदर गर्न सक्ने सम्भावना देखिएको छ । यदि अदालतले त्यस्तो निर्णय गरेमा सरकारले अदालतले तोकिदिएको सीमा भित्रै निर्वाचन गराउन सरकार बाध्य हुनेछ । कुनै बहानाबाजी गरेर निर्वाचन रोक्न सक्ने अवस्था त्यसबेला सरकार र निर्वाचन आयोगसँग रहँदैन । अदालतले निर्णय जस्तो दिएपनि त्यसलाई सरकार र राजनीतिक दलहरुले स्वीकार गर्नु बाहेक अन्य विकल्प नेखिएकोले गर्दा अब राजनीतिक दलहरु तयारी अवस्थामा बस्नुपर्ने देखिन्छ ।

बहुमत प्राप्त कार्यकारी प्रधानमन्त्रीले प्रतिनिधिसभाको विघटन गर्ने मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराएर राष्ट्रपतिबाट त्यसलाई अनुमोधन गरी निर्वाचनको मिति नै तोकिसकेको अवस्थामा सरकारकै कारण निर्वाचन हुँदैन भन्नु कुनै अर्थ रहँदैन । सरकारले त निर्वाचनका लागि निर्वाचन आयोगलाई सहयोग मात्र गर्ने हो । निर्वाचन गराउने दायित्व निर्वाचन आयोगको हो ।

निर्वाचन आयोगले आफूहरु तोकिएकै समयमा निर्वाचन गराउन सक्षम रहेको बताइरहेको छ र त्यसै अनुरुप काम गरिरहेको हुनाले अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरेको खण्डमा निर्वाचन नै हुँदैन भन्नुको पछाडि दलहरु जनतामा जान डराएको प्रष्ट हुन्छ । अदालतले दिने निर्णय भन्दा जनताले दिने निर्णय नै ठुलो हुने हुनाले राजनीतिक दलहरु जहिले सुकै पनि जनतामा जान तयार रहनु आवश्यक छ । अदालतले तोकिएको समयसीमा भित्रमा निर्वाचन हुन नसकेको खण्डमा स्वतः प्रतिनिधिसभा पुर्नस्थापना हुन सक्ने निर्णय समेत दिन सक्ने सम्भावना भएकाले निर्वाचन हुनु आवश्यक छ । त्यसले गर्दा तत्काल नेकपाको विवादको समाधान हुन अपरिहार्य छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports