विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालको शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न आग्रह

624
shares

काठमाडौं ।राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न आग्रह गरेकी छन् । मंगलबार राष्ट्रियसभामा भएको बजेट छलफलमा भाग लिँदै उनले वृद्धभत्ता पाउने उमेर ६८ वर्ष बनाएकामा आपत्ति जनाइन् । उनले ६८ वर्षमा नै काम गर्न नसक्ने भन्ने हो भने प्रधानमन्त्री सहित शीर्ष नेताहरु भत्ता खाएर बस्नुपर्ने धारणा राखेकी हुन् ।

‘अहिले जुन काम गर्न नसक्ने भनेर ६८ (वर्ष) राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्तिनै पुगिसक्नुभएछ ६८ त । अरु शीर्षस्थ नेताहरु सबै ६८ वर्ष पुगिसक्नुभएको छ । उहाँहरु सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस् भन्छु म । काम गर्न सक्नुहुन्न भने । ५ महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ?’

मुलुक आर्थिक संकटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने सांसद पौड्यालको भनाइ छ

‘जति औसत आयु बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ । प्राकृतिक नियम त्यो हो । तर हाम्रोमा नियम पछाडि दौडेको छ । दुई वर्ष घटाइएको छ । यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन । अर्को सरकारले क्रमशः ६५, ५५ बनाउँछु भन्यो भने के गर्ने ?’ उनले भनिन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports