पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रसियन राजदूत असेक्सेइ नोभिकोभ बीच भेटवार्ता
वि.सं.२०७९ जेठ १७ मंगलवार १६:४३
shares

काठमाडौं ।पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् ।
पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देश बीचको आपसी हितबारे छलफल भएको थियो ।
नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो काल देखि समधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे ।


































