kumari
stcnepal

श्रीलंकाले इन्धन आयातका लागि भारत सँग माग्यो ५० करोड अमेरिकी डलर ऋण

काठमाडौं ।देशमा जारी आर्थिक संकट बाट पार पाउने प्रयास स्वरुप श्रीलंकाले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलव्ध गराउन भारत सँग अनुरोध गरेको छ ।उक्त रकम प्राप्तिका लागि श्रीलंका सरकारले भारतसँग वार्ता गरिरहेको छ । भारतका लागि श्रीलंकाका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री निर्मला सीतारमण सँगको भेटवार्तामा थप ऋण सहयोग बारे अनुरोध गरेका थिए ।

यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त रकम हो । अतिरिक्त ऋणका लागि श्रीलंकाकाली उच्चायुक्तले वार्ता गरेका थिए श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । आर्थिक मन्दीले पिरोलिएको टापुराष्ट्र कोभिड–१९ महामारीका कारण थप प्रभावित भयो भने महामारीको समयमा पर्यटन उद्योग सञ्चालन नहुँदा विदेशी मुद्राको सञ्चिति सकिएसँगै ऋण सहायताका निम्ति छिमेकी भारतलाई गुहार्नु परेको हो ।

विदेशी मुद्राको अभावमा देशलाई पर्याप्त इन्धन किन्न असमर्थ मात्र बनाएन सर्वसाधारणलाई खाना पकाउने ग्यास, खाद्यान्न र अन्य आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे परेको छ ।आधारभूत आवश्यकता पूरा हुन नसक्दा अधिकतर श्रीलङकालीको जीवन अकल्पनीयरुपमा कष्टकर बनेको छ । भारतले अत्यावश्यक सामग्री आयातका लागि अर्को एक अर्ब अमेरिकी डलरको ऋण प्रस्ताव गरेको तथा त्यसमध्ये २० करोड डलर इन्धन आयातमा खर्च हुनेछ ।यो टापु राष्ट्रले डिजेल र पेट्रोलको लागि हाल सम्म ७० करोड अमेरिकी डलर खर्च गरिसकेको छ । उक्त रकम पनि भारत बाट ऋण स्वरुप प्राप्त भएको थियो ।

– एजेन्सी

 

 

footer