kumari
stcnepal

कन्सर्टमा गीत गाउँदा गाउँदै भारतीय गायक केकेको निधन

काठमाडौं । कोलकताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै भारतका चर्चित गायक केकेको निधन भएको छ । गीत गाउँदा गाउँदै हृदयघात भएका कारण उनको निधन भएको थियो ।

मञ्चमै ढलेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरे । उनको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले शोक व्यक्त गरेका छन् ।

केके दुई दिनको कन्सर्टका लागि कोलकाता पुगेका थिए । उनले हिन्दीमा दुई सय भन्दा धेरै गीत गाएका छन् ।

 

footer