विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको किसान पेन्सन कार्यक्रम हावादारी : हृदयेश त्रिपाठी

559
shares

काठमाडौं ।जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेट मार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् ।

‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ?’ उनले प्रश्न गरे, ‘यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ ? अर्थमन्त्रालयले कसले भनेर राख्दियो ?’

नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धान खेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको बताए । सुन्निनु र मोटाउनु फरक कुरा हो भन्दै नेता त्रिपाठीले अहिलेको बजेट सुन्निएको देखिएको बताए । ‘यो बजेट धेरै ठाउँमा सुन्निएको छ, सुन्निनु रोगको लक्षण हो’ उनले भने ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports