विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

औद्योगिक प्रयोजनाका लागि आयात गरिने पाम र पामोलिन प्रशोधित तेलको भन्सार शुल्क १० प्रतिशतमा झर्‍यो

767
shares

काठमाडौं ।सरकारले बजेट मार्फत औद्योगिक प्रयोजनाका लागि आयात गरिने पाम र पामोलिन प्रशोधित तेलको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ ।

बजेटको नयाँ नीति पछि उद्योगले कच्चा पदार्थको रुपमा पाम र पामोलिन आयात गर्दा र उद्योगले तयारी तेल आयात गर्दा समान १० प्रतिशत मात्रै भन्सार शुल्क तिरे हुन्छ । यसअघि यस्तो तयारी तेलमा १५ प्रतिशत र कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क थियो ।

बजेटको नयाँ नीति पछि अब वनस्पती घ्यु, तेल, उद्योगले कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल १० प्रतिशत नै यथावत छ । सरकारको नीतिले बिस्कुट, चाउचाउ लगायतका उद्योगको उतपादन लागत घटाउन मद्धत मिल्नेछ ।

सरकारले गरेको भन्सार दर हेरफेर पछि वनस्पति घ्यु तेल उद्योगीले भने सरकारको आलोचना गरेका छन् । भन्सार दर हेरफेरले आफ्ना उद्योगहरु संकटमा पर्ने दाबी नेपाल वनस्पति घ्यु तेल उत्पादक संघको छ । संघले निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

‘प्रशोधित तेलका कारण मुलुकमा मूल्य अभिवृद्धि र अन्य बाइप्रडक्ट पनि उत्पादन भएको छ,’ संघले भनेको छ, ‘यसले विदेशी मुद्रा बाहिरिन थप मद्धत मिल्छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports