जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले काम सुरु गरिसकेको कामु प्रधानन्यायाधीश कार्कीको भनाइ
वि.सं.२०७९ जेठ १८ बुधवार २१:२१
shares

जुम्ला ।द्वन्द्वकालमा जलेर नष्ट भएका र अहिले पुनर्निर्माण गरिएका सुर्खेत उच्च अदालतको जुम्ला इजलास र जिल्ला अदालत जुम्लाका दुईवटा भवनको उद्घाटन भएको छ । सर्वोच्च अअदलतका कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्कीले भवनको उद्घाटन गरेका हुन् । २८ कात्तिक, २०५९ मा माओवादी सशस्त्र युद्धका समयमा आक्रमण हुँदा जलेको तत्कालीन पुनरावेदन अदालत जुम्ला (हाल जुम्ला इजलास) र जिल्ला अदालत जुम्लाको निर्माण गरिएको आधुनिक भवन उद्घाटन गरिएको हो ।
भवन उद्घाटन गर्दै कार्कीले नेपालमा जनपक्षीय न्याय थप सुदृढ गर्न सर्वोच्च अदालतले काम सुरु गरिसकेको बताए । उनले छिटो छरितो, निष्पक्ष र प्रभावकारी ढंगबाट न्यायसेवा दिन आजको आवश्यकता भएकाले कर्णालीमा पनि त्यसे अनुसारको सेवा दिन न्यायधीसहरुलाई निर्देशन समेत दिए ।
भौतिक संरचना नै जलेपछि लामो समय साँघुरो स्थान बाट सेवा दिँदै आएकोमा भवन बनेपछि भने अब सेवा प्रवाह सहज हुने भएको छ ।जुम्ला इजलासको २४ कोठे भवन तीन करोड २२ लाख १३ हजार ७ रुपैयाँ लागतमा निर्माण भएको हो । यस्तै जिल्ला अदालत जुम्लाको २० कोठे भवन ४ करोड २१ लाख ४३ हजार रुपैयाँ लागतमा बनेको हो ।



































