कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो
वि.सं.२०७९ जेठ १८ बुधवार २०:५६
shares

धनगढी ।कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १९ मध्ये सबै भन्दा धेरै ११ वटा वडा जितेर ठूलो दल बनेको नेपाली कांग्रेसका ८ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिला सदस्यतर्फ निशाकुमारी आउजी, मायाकुमारी भण्डारी, यशोदा भण्डारी, विन्दु तामाङ र सुुष्मा चौधरी तथा दलित वा अल्पसंख्यकतर्फ अनिल कुमार, चक्रबहादुर नेपाली र महादेव सुनार निर्विरोध निर्वाचित भएका हुन् ।
धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन गरेर चुनाव लडेपनि नेपाली कांग्रेसले कार्यपालिकामा भने एकल बहुमत पुगेपछि अरु दलको साथ नलिएको हो । धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका थिए ।



































