प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुनैपनि बेला इन्टरनेट सेवा बन्द हुन सक्छ : आईस्पान

806
shares

काठमाडौं ।इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले कुनैपनि बेला देशभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरूमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षा अवधिभर देशभर इन्टरनेट सेवामा अवरोध नहुनेगरी व्यवस्था गर्न निर्देशन दिएको थियो । जवाफमा आईस्पानले यस्तो निर्देशन कार्यान्वयन गर्न असमर्थ रहेको जवाफ दिएको हो ।

“एकातिर राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभर प्रवाह गर्न भनिरहेको अवस्था छ । अर्को तर्फ नेपाल विद्युत् प्राधिकरणका क्रियाकलापहरूले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न भएको छ,” आईस्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कक्षा १२ को वाषिर्क परीक्षा सञ्चालनमा प्रतिकूल असर पार्ने अवस्था रहेको हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विशेष ध्यानाकर्षण गराउँछौँ ।”

इन्टरनेट वितरण केन्द्रमा बिजुली काटिने क्रम बढेकाले नियामक निकायको निर्देशन पालना गर्न नसकिने आईस्पानको भनाइ छ । “विद्युत कटौती हुँदा आमउपभोक्ताको घरघरमा बैंक तथा वित्तीय क्षेत्र, उड्डयन क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लगायतका संवेदनशील क्षेत्रमा इन्टरनेट सेवा प्रवाह अवरुद्ध हुनसक्ने स्थिति सिर्जना भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports