प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाजुरामा नयाँ सिडिओ र नयाँ डिएसपी पठाईयो

611
shares

काठमाडौं ।निर्वाचन आयोगको सिफारिसमा गृह मन्त्रालयले बाजुरामा प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ। यहाँको बुढीगंगा नगरपालिकामा वैशाख ३० मा स्थानीय चुनाव भए पनि ‘बुथ कब्जा भएको’ भन्दै विरोध भइरहेको थियो। नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाएको छ भने एमालेले सत्ताको दुरूपयोग गर्दै कांग्रेसले कब्जा गरेको आरोप लगाइरहेको छ।

कांग्रेस बाट बुढीगंगामा रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर उम्मेदवार थिए।मतदान केन्द्र कब्जा हुँदा सुरक्षाकर्मीहरूले प्रभावकारी भूमिका नखेलेको आरोप पनि छ।त्यसैले निर्वाचन आयोगले सिडिओ सहित प्रहरी प्रमुखहरू परिवर्तन गरी पुन: निर्वाचनको वातावरण बनाउन सरकार सँग आग्रह गरेको थियो। चुनाव निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न नसकेको भन्दै प्रजिअ र प्रहरी प्रमुखहरूलाई हटाएर नयाँ पठाइएको हो।

गृह मन्त्रालयका अनुसार प्रकाशचन्द्र अधिकारीलाई सिडिओको जिम्मेवारी दिइएको छ।सशस्त्र प्रहरी प्रमुखमा गंगादत्त पन्त र नेपाल प्रहरी प्रमुखमा प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ। उनीहरूले आइतबार देखि कार्यभार सम्हालेका थिए।निर्वाचन आयोगले यहाँ निर्वाचन अधिकृत समेत पठाएको छ। पुष्पराज पाण्डे निर्वाचन अधिकृत तोकिएका छन्।

मुख्य निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरू लगायत सँग छलफल गरी स्थानीय चुनावको मिति तय गर्ने तयारी गरिएको छ। सिडिओ प्रकाशचन्द्र अधिकारीले निर्वाचनका लागि सुरक्षा सम्बन्धी सबै तयारी गरिसकिएको जानकारी दिए। ‘सुरक्षाका हिसाबले हामी तयारीमै छौं,’ अधिकारीले  भने, ‘चुनावको मिति तोक्ने काम निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आयोगको समन्वयमा गर्छ।’ चुनावको मिति घोषणा भइनसकेको उनले बताए।

पहिलेका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले वैशाख ३० मा निर्वाचन आयोगलाई पत्र पठाउँदै बुढीगंगाको निर्वाचन स्वतन्त्र, स्वच्छ र मर्यादित नभएको बताएका थिए। ‘अधिकांश स्थानमा सुरक्षाकर्मीले मतदान केन्द्रमा खटिएका कर्मचारी, मतपेटिकालगायत निर्वाचन सामग्री छाडेर हिनेको’ जानकारीसहित उनले आयोगलाई पत्र पठाएका थिए। यसपछि आयोगले बुढीगंगामा पुन: मतदान गर्ने निर्णय गर्दै प्रजिअ र प्रहरी प्रमुखहरू परिवर्तन गर्न सिफारिस गरेको थियो। यहाँ पहिले प्रजिअ उपेन्द्रराज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्ट र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझा कार्यरत थिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports