प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व राजा बिरेन्द्रको सालिक राख्न खोज्दा नेपाल गञ्जमा झडप, राप्रपाका कार्यकर्ता पक्राउ, बजार तनावग्रस्त

689
shares

काठमाडौं ।नेपालगञ्जको वीरेन्द्रचोकमा शुक्रबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको छ। बिगतमा पनि नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा राजा विरेन्द्रको शालिक राख्ने क्रममा त्यहाँ विवाद भएको थियो।

‘बिहान सुटुक्क राप्रपाका केही नेता कार्यकर्ताले राजा विरेन्द्रको शालिक राखेको खबरपछि प्रहरी पुगेर त्यो शालिक हटाएको हो,’ बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘त्यसक्रममा केही बेर स्थिति तनाबपूर्ण बन्दा प्रहरीले केही राउन्ड हवाइ फायर समेत गरेको थियो।’ अहिले स्थिति सामान्य रहेको खत्रीले जानकारी दिए।

‘यहाँ पृथ्वीनारायणको शालिक पनि विगतमा सहमतिमा राखिएको थियो,’ खत्रीले भने, ‘त्यस्तै सहमति गरी राजा विरेन्द्रको शालिक राखेको भए पनि हुनेमा त्यसो नगर्दा अर्कौ खतरा हुने आशंकाले हटाउनु परेको हो।’ राप्रपका कार्यकर्ताले शालिक राखे लगतै अरू राजनीतिक दल तथा समुदायका मानिसले तिब्र विरोध जनाउन थालेपछि प्रहरीले राजा विरेन्द्रको शालिक राखेको केही बेरमै हटाउन खोज्दा विवाद बढेको उनले बताए।

राप्रपाका कार्यकर्ताले त्यसक्रममा प्रहरी माथि ढुंगामुढा गरेपछि त्यसलाई रोक्न झन्डै ४ राउन्ड जति हवाई फायर गरेको प्रजिअ खत्रीले बताए। राप्रपाका कार्यकर्ताको ढुंगा प्रहार बाट केही प्रहरी समेत घाइते भएका छन्। यसै बीच राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले आफूहरूले वीरेन्द्र चोकमा शालिक राखेको केही बेरमै प्रहरीले जबरजस्ती हटाएको भन्दै रोष प्रकट गरेका छन्।

‘राजा वीरेन्द्रको शालिक हामीले राख्दा यत्रो बल प्रयोग गरेर हवाई फायर गर्दै हटाउनु पर्ने कारण के हो?’, उनले प्रश्न गरे‘ ‘हामीले पुरानै ठाउँमा शालिक राखेको त हो नि। शालिक राख्दैमा किन यत्रो आतंक?’ २०६२/०६३ को जनआन्दोलनका क्रममा वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिक भत्काइएको थियो। त्यसपछि आक्रोशित राप्रपाका कार्यकर्ताहरूले सेतु विक चोकमा रहेको सहिद सेतुको शालिक समेत तोडफोड गरेका छन्।

सहिद सेतु चोक भन्दा पहिले २०६२/०६३ को आन्दोलन अघि यो चोकलाई पूर्व राजा ज्ञानेन्द्र चोक भन्ने गरिन्थ्यो। यतिखेर पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वीरेन्द्र चोक र सेतु विक चोकलाई सुरक्षा घेरा दिएर राखेको छ। तनावपूर्ण स्थिति उत्पन्न भएपछि आसपासका पसलहरु बन्द गरिएका छन्। प्रहरीले राप्रपाका आधा दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको देवकोटाले जानकारी दिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports