आज मन्त्रिपरिषदको बैठक बस्दै, सचिव र एआईजीमा बढुवाको निर्णय हुन सक्ने
वि.सं.२०७९ जेठ १९ बिहीवार १२:२६
shares

काठमाडौं ।आज मन्त्रिपरिषद्को नियमित बैठकमा निजामती प्रशासन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदमा बढुवा हुने भएको छ ।
एक मन्त्रीका अनुसार सचिवको एक रिक्त पदमा आज बढुवा हुने सम्भावना छ । उर्जा मन्त्रालयमा कार्यरत सचिव देवेन्द्र कार्कीले दुई साताअघि अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा सहसचिवहरु सर्जु कुमार बैद्य, रामाधार शाह र रामबाबु पुडासैनीको सिफारिस भएको थियो । उनीहरु मध्ये एक सचिवमा बढुवा हुन्छन् । तीनै जना अकुत सम्पत्ति आर्जन गरेका सहसचिवका रुपमा चिनिन्छन् । त्यसकारण बढुवामा अस्वस्थ प्रतिस्पर्धा छ ।
आजै नेपाल प्रहरीमा पाँच डिआइजीको एआइजीमा बढुवा हुँदै छ । डिआइजीहरु उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंहको बढुवा हुने छ । बढुवा सँगै एआइजीको पदस्थापन र सरुवामा चलखेल रहेको स्रोत बताउँछ । त्यस्तै, सशस्त्र प्रहरी बलमा पनि चन्द्रप्रकाश गौतमको एआइजीमा बढुवा हुनेछ । सशस्त्रमा पनि बढुवा सँगै दुई एआइजीको जिम्मेवारी टुंगो लाग्नेछ ।






































