काठमाडौंका मेयर र उपमेयर आज बिहानै पुगे सिसडोल
वि.सं.२०७९ जेठ २० शुक्रवार ०९:०१
shares

काठमाडौं ।काठमाडौंको फोहोर व्यवस्थापन सँगै स्थानीय सरोकारका विषयमा छलफल गर्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका छन् ।

हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्री सँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययन गर्न सिसडोल गएको उपमेयर सुनिता डंगोलले बताइन् ।
काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदा आएका मेयर साह चुनाव जिते लगत्तै पनि सिसडोल पुगेका थिए । मेयर साह र उपमेयर डंगोल एकैचोटि सिसडोल पुगेको यो पहिलो चोटि हो । डम्पिङ साइटका कारण निकै समस्या झेल्नुपरेको भन्दै सिसडोलबासी समयसमयमा आन्दोलित हुने गरेका छन् ।


































