विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कैलालीमा माओवादी केन्द्रले कांग्रेस र एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन तोड्यो

481
shares

धनगढी । कैलालीमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी सँगको गठबन्धन तोडेको छ । ३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध यी दुवै पार्टी सँग तालमेल गरेको माओवादीले जिल्ला समन्वय समिति (जिसस) गठनमा भने नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्ने सहमति गरेको छ । बिहीबार धनगढीमा बसेको नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले जिल्ला समन्वय समिति गठनमा सहकार्य गर्ने निर्णय गरेको छ ।

एमाले कैलालीका सचिव डेजी पाण्डेले सहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुख सहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुख सहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले लिने जानकारी दिए ।

१३ वटा स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समिति गठन गर्न १४ जना एक ठाउँमा उभिनुपर्ने हुन्छ । यहाँ स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नागरिक उन्मुक्ति पार्टीका सात, एमालेका पाँच र माओवादी केन्द्रका चार जना प्रमुख/उपप्रमुख छन्, जुन संख्या जिल्ला समन्वय समिति गठन गर्न आवश्यक पर्ने बहुमत भन्दा बढी हो ।

तीन दलीय बैठकमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दामोदर पण्डित, केन्द्रीय सदस्य रमेश विक, रामलाल थारु र लालबीर चौधरी, नेकपा एमालेका कैलाली जिल्ला कमिटी उपाध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय, उपसचिव ममता प्रसाद चौधरी र लोकेन्द्र शाही तथा माओवादी केन्द्रका कैलाली इन्चार्ज हरि ज्ञवाली र निर्वाचन क्षेत्र नम्बर १ का संयोजक सुरेन्द्र देवकर लगायतको सहभागिता थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports