kumari
stcnepal

पाकिस्तानको तालिबान समूहले सरकार सँग अनिश्चितकालीन युद्धविरामको घोषणा

काठमाडौं। पाकिस्तानको तालिबान समूहले सरकार सँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो ।

दी पाकिस्तानी तालिबान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ । पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौज सँग वर्षौं देखि लडिरहेको छ ।

टीटीपीले अफगानिस्तानको सिमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समय देखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ ।

 

 

 

footer