सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साल्टले पायो मल ल्याउने जिम्मेवारी

520
shares

काठमाडौ । जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि कृषकहरुले सहज रुपमा रासायनिक मल पाउन सकेका छैनन् । सरकारले लामो समयदेखि मल विऊ विजनको प्रबन्ध मिलाउन नसकेको कारण प्रत्येक वर्ष कृषकहरु मारमा पर्दै आएका छन् । कृषि तथा पशुपंक्षी मन्त्रालयले समयमै मलको आयात गर्ने निर्णय गर्न नसकेको र मल आयातमा समेत कसिमनको खेल हुने भएकाले त्यसको प्रत्यक्ष मारमा कृषकहरु पर्ने गरेका छन् । सरकारी कम्पनी कृषि सामाग्री कम्पनीले समयमै मल ल्याउन नसकेकै कारण सरकारको बद्नाम हुँदै गएको अवस्थमा हालै बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मल आपूर्तिको लागि साल्ट टेडिङ्ग कर्पोरेशनलाई जिम्मेवारी दिने निर्णय गरेको छ । सरकारको निर्देशन अनुसार साल्टले यसभन्दा अघि पनि मलको आयात गरि सर्वसुलभ रुपमा कृषकलाई विक्रि वितरण वितरण गर्दै आएकोले गर्दा साल्टलाई सरकारले विश्वास गरेर मल आपूर्तिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसभन्दा अगाडि मलको आयात गर्ने जिम्मेवारी कृषि सामाग्री कम्पनीले पाउँदै आएको थियो तर उक्त कम्पनीले तोकिएको समयमा मल आयात गर्न सकेको थिएन । कम्पनीले र साल्टले एकैचोटी मल आयात गर्ने जिम्मेवारी पाएका भएपनि साल्टले मल ल्याएर कृषकहरुलई विक्रि वितरण गरिसक्दा पनि कम्प्नीले मल आयात गर्न नसकेको हुनाले सरकारले मल आयातको जिम्मेवारी साल्टलाई दिएको हो । साल्ट टेडिङ्ग कर्पोरेशन वि.सं. २०२० सालमा ३ पी अर्थात पब्लिक प्राइभेट कम्पनीका रुपमा स्थापना भएको हो । आफ्नो स्थापना कालदेखि नै साल्टले विभिन्न प्रकारका सामानहरुको विक्रि वितरण गर्दै आएको छ भने नेपालमा नुनको आयात गरी नेपाली जनतालाई आयोडिनयुक्त नुन खुवाउने जस्तो महत्वपूर्ण कार्य गरिरहेको छ । आयोडिनयुक्त नुन नेपाली जनताले खान पाएका हुनाले लुलो लंगडो हुनबाट साल्टले नेपाली जनतालाई बचाउँदै आएको छ ।

सरकारले आफ्ना जनतालाई दिनुपर्ने सेवालाई साल्टले नै सहयोग गर्दै आएको र साल्टको सक्षम व्यवस्थापन र दक्ष कर्मचारीहरुकै कारण साल्टले अहिले चीनी, दाल, चामल, ग्यास, कागज, गेडागुडी लगायतका विभिन्न प्रकारका खाद्य सामाग्री सहित अन्य सामानहरुको विक्रि वितरण गर्दै आएकोमा सरकारले समेत साल्टलाई नै विश्वास गरेर अब रासायनिक मल आयात गर्ने जिम्मेवारी सुम्पिएको छ । साल्टले आफूले पाएको जिम्मेवारी यस भन्दा अगाडि पनि सफलतापूर्वक निभाएको हुनाले मलको आयात गरी आफ्ना सबै कार्यालयहरुबाट कृषकहरुलाई सहज रुपमा विक्रि वितरण गर्न साल्टको दक्ष व्यवस्थापन र योग्य कर्मचारीहरु सफल हुनेमा कुनै शंका गर्नुपर्ने कारण देखिएको छैन । हामीलाई आशा एवं विश्वास छ साल्टले आफूले पाएको जिम्मेवारी सहज रुपमा पूरा गर्न सक्छ भनेर ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports