सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचनमा जाने कांग्रेसलाई सुवर्ण अवसर

494
shares

काठमाडौ ।सरकारले पुस ५ गते विघटन गरेको प्रतिनिधिसभाको पुर्नस्थापनापछि मुलुक अर्को संकटमा फसेको छ । खासगरी नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्वन्द्वक कारण मुलुकमा संकट थपिएको हो । नेकपामा दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले समान्तर रुपमा पार्टी सञ्चालन गरिरहेका छन् । कानुनी रुपमा नेकपा एउटै भएपनि व्यवहारिक रुपमा नेकपा विभाजित भईसकेको छ । ओली र दाहाल दुवै पक्षले नेकपा विभाजित भएको स्वीकार गर्न नसकेको भएपनि उनीहरुले एकले अर्कोलाई तह लगाउने खेल खेल्दै आएकाले सरकार सञ्चालन देखि विकास निर्माणका कार्यमा समेत अवरोध पुग्न सक्ने अवस्था देखिएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अहिलेकै अवस्थामा कुनै हालतमा पनि राजिनामा नदिने सार्वजनिक रुपमै प्रतिवद्धता जनाईसकेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजनको बाटो नलिई संसदीय दल र संसदमा अविश्वासको प्रस्ताव आएको खण्डमा त्यसको सामना गर्ने विकल्प रोजेको हुनाले नयाँ सरकार निर्माण गर्न पहाड जस्तै चुनौती खडा भएको छ । नेकपाका १ सय ७४ सांसद मध्येको अग्नि प्रसाद सापकोटा सभामुख भएका र एक सांसदको निधन भएकाले अहिले नेकपाका १ सय७२ सांसद रहेका छन् । ओली पक्ष र दाहाल पक्षमा कति कति सांसद रहेका छन् भन्ने यकिन भई नसकेको अवस्थामा दाहाल पक्षले प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव ल्याएपनि नेपाली कांग्रेसको सहयोग विना अविश्वासको प्रस्ताव पारित हुन सक्ने सम्भावना न्यून देखिएको छ ।

दाहाल पक्ष र जनता समाजवादी पार्टी मिलेर अविश्वासको प्रस्ताव पारित गर्न पनि ओली पक्षमा रहेका झण्डै दुई दर्जन सांसदहरु दाहाल पक्षमा जानुपर्ने भएपनि दाहाल पक्षका केही सांसदहरु ओली पक्षमा लाग्ने निश्चित जस्तै भएकाले नयाँ सरकार निर्माण हुन सक्ने सम्भावना न्यून रहेकोले गर्दा नेपाली कांग्रेस नै निर्णयक भूमिकामा देखिएको छ ।

नेपाली कांग्रेसले नेकपा वैधानिक रुपमा विभाजित नभएसम्म दुवै पक्ष ओली र दाहाललाई नसघाउने रणनीति लिएको छ । यदि नेपाली कांग्रेसले दुवै पक्ष मध्येको एकलाई समर्थन नगर्ने हो भने नयाँ सरकार निर्माण हुन सक्दैन । नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएपनि ऊसँग सरकार निर्माण गर्ने आवश्यक संख्या नपुग्ने भएकाले अहिलेको अवस्थामा नेपाली कांग्रेसले निर्वाचनको मार्ग रोज्नु नै उपयुक्त हुन सक्छ । कम्युनिष्टहरुले राज्य सञ्चालन गर्न सकेनन् । झण्डै दुई तिहाई मत लाई जोगाई राख्न सकेनन् भने नारा लिएर कांग्रेस निर्वाचनमा गएको खण्डमा कांग्रेस नै सबैभन्दा ठुलो पार्टी हुन सक्ने भएकाले कांग्रेसले निर्वाचनको माग गर्दै सरकारमा नजाने र ओली, दाहाल दुवै पक्षलाई समर्थन नगर्ने निर्णय गरेको खण्डमा नयाँ निर्वाचनमा जान ओली दाहाल दुवै बाध्य हुनेछन् । कांग्रेसको लागि निर्वाचनमा जाने अहिले सुवर्ण अवसर समेत मिलेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports