गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत नपुगे के हुने ?

611
shares

काठमाडौ ।नेकपाभित्रको विवादले गर्दा नेकपा विभाजनको अवस्थामा पुगेको छ । नेकपा औपचारिक रुपमा विभाजित भएको छैन । नेकपाका दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले अलग अलग रुपमै नेकपाकै अध्यक्षको हैसियतले आ आफ्नो कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । अहिलेको अवस्था हेर्दा अब ओली दाहाल एउटै पार्टीमा बस्न सक्ने अवस्था देखिएको छैन । दाहाल पक्षले आफ्नो पक्षमा नेकपाका बहुमत केन्द्रीय सदस्य रहेको बताउँदै आएको छ । त्यही कारण उसले दाहालले नेतृत्व गरेको नेकपालाई निर्वाचन आयोगले मान्यता दिनुपर्ने बताइरहेको छ । निर्वाचन आयोगले नेकपाको केन्द्रीय समितिलाई मात्र आधार मानेर नेकपाको विवादको छिनोफानो गरेको खण्डमा त्यसले गर्दा ओली पक्षमा लागेका संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहमा निर्वाचित भएका मेयर देखि वडा तहका सदस्यसम्म पदमुक्त हुन सक्ने सम्भावना देखिएको छ । केन्द्रीय समितिमा बहुमत पक्षले मान्यता पाउने र अर्को पक्षले त्यसलाई स्वीकार नगरि नयाँ दल खोलेको अवस्था त्यतातिर लागेकाहरुको पद धरापमा पर्ने निश्चित जस्तै देखिएको छ ।

गत पुस ५ गते भन्दा अघि नै नेकपाभित्र विवाद चर्किएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन पश्चात् चर्किएको विवादले गर्दा पार्टीले फुटको अवस्था लिईसकेको छ । प्रधानमन्त्री केपीओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल पक्षले बहुमत केन्द्रीय समितिको निर्णयबाट ओलीलाई कारबाही गरिसकेको छ । अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको भएपनि त्यसलाई निर्वाचन आयोगले अस्वीकार गरेर ४ सय ४१ सदस्य रहेको केन्द्रीय समितिलाई नै आयोगले मान्यता दिएको छ भने ओली र दाहाल नै नेकपाका अध्यक्ष रहेको निर्णय माघ ११ गते गरेको छ । प्रतिनिधिसभामा नेकपाका १ सय७३, राष्ट्रियसभामा ३९ सबै प्रदेशमा गरी प्रदेशसभामा सदस्यहरु ३ सय १५ जना रहेका छन् ।

स्थानीय तहमा नेकपाका २० हजार जनप्रतिनिधिहरु रहेका छन् । २० हजार मध्ये सबै तहमा ओली पक्षमा लाग्नेहरुको संख्या दाहाल पक्षको भन्दा धेरै बढिरहेको छ । केन्द्रीय समितिमा ओली पक्ष अल्पमतमा परेपनि स्थानीय तहमा उसको बलियो पकड रहेको छ । संघीय संसदमा ओली पक्ष र दाहाल पक्षमा आधा आधाको संख्या रहेको छ । सातवटै प्रदेशमा गरी ओली पक्षमा १ सय ५० भन्दा बढी सदस्य रहेका छन् भन्ने स्थानीय तहका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष पदमा ओली पक्षको बाहुल्यता रहेको छ । स्थानीय तहमा ओली पक्षको हिस्सा करिब ११ हजार रहेको छ ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३३(२) ले कुनै दलको केन्द्रीय समिति र संघीय संसदको कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै दलखोलेको खण्डमा वा अर्को दलमा प्रवेश गरेको खण्डमा दल त्याग गरेको नमानिने व्यवस्था रहेको छ । केन्द्रीय समिति र संघीय संसदीय दलमा ४० प्रतिशत पु¥याएर ओली पक्ष विभाजनको प्रक्रियामा गएको छैन । कारण केन्द्रीय समितिमा ओली पक्षको ४० प्रतिशत पु¥याउन सकेको जस्तो देखिएको छैन । नयाँ दल खोल्नु भनेको दल त्यागकै स्थिति हो । ऐनको दफा ३१ मा कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित संघीय सांसद प्रदेशसभा र स्थानीय तहको सदस्यले त्यस्तो प्रावधान रहेसम्म दल त्याग गर्न नहुने र त्याग गरेमा स्वतः पद रिक्त हुने व्यवस्था रहेकोले गर्दा नयाँ दल बनाउँदा समेत दल त्याग गरिने मानिने हुँदा ओली र दाहाल दुवै पक्षले दल विभाजन गर्न चाहिरहेका छैनन् ।

किनकी हजारौं पदहरु रिक्त हुने अवस्थाले गर्दा त्यही कारण अब केन्द्रीय समिति वा ससदीय दलमध्ये एकमा ४० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएर दल विभाजनको बाटो बनाउनु नै नेकपाभित्रको विवाद समाधान हो । एकै चोटी हजारौं व्यक्तिले पद छाडेको खण्डमा अर्को संकट आउने निश्चित छ । जनताका काम कारबाहीलाई प्रभावित गर्नु राजनीतिक दलहरुको अपराधपूर्ण कार्य हुनेछ । त्यसैले दल विभाजनसम्बन्धी ऐन नै संशोधन गरौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports