kumari
stcnepal

अन्तर्राष्ट्रिय चेन होटल म्यारियटले औपचारिक रूपमै छाड्यो रुस

काठमाडौं ।अन्तर्राष्ट्रिय चेन होटल म्यारियटले रुस छाडेको छ । रुसमा स्थापना भएको २५ वर्षपछि म्यारियटले आधिकारिक रूपमै रुस छाडेको हो । कम्पनीले रुसको राजधानी मस्कोमा रहेको आफ्नो कार्यालय बन्द गरेको छ ।

रुसले छिमेकी मुलुक युक्रेन माथि सैन्य हमला गरेपछि बहुराष्ट्रिय कम्पनीहरूले रुससँगको सम्बन्ध निरन्तर तोड्दै आएका छन् । यसैक्रममा म्यारियट होटलले पनि रुस छाडेको घोषणा गरेको हो । यसक्रममा म्यारियटले भनेको छ, ‘पश्चिमाले रुस माथि लगाएको प्रतिबन्धका कारण होटल सञ्चालन असम्भव छ ।’


रुसको भूमिमा म्यारियटको २२ वटा होटल सञ्चालनरत थिए । यी सबै होटल बन्द गर्ने घोषणा गर्दै म्यायरियटले भनेको छ, ‘युरोपियन युनियन, युनाइटेड किंगडम र अमेरिकाको प्रतिबन्धका बाबजुत रुसमा होटल सञ्चालन गर्न सकिएन ।’ म्यारियट अघि म्याकडोनाल्ड र स्टारबक्स जस्ता चेन होटल/रेष्टुरेन्टले पनि रुस छाडिसकेका छन् ।

खासगरी, छिमेकी युक्रने माथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकहरू रुसलाई आर्थिक रूपमा एक्ल्याउन चाहन्छन् । जसको प्रभाव स्वरूप पश्चिमा ब्राण्डहरूले मस्को सँगको दूरी बढाएका छन् ।एजेन्सी

 

 

 

footer