विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनतालाई हेपेर निर्णय गर्दा काँग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित : रामचन्द्र पौडेल

559
shares

काठमाडौं ।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा काँग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन् । वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरित उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन् ।

शनिवार न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि काँग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए । प्रमुखका उम्मेदवारहरूको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको बताए ।

वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रुपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताए । नेपाली काँग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको बताए ।

उनले भने, ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । काँग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । एमालेका नेताले जुन निर्णय गरे त्यो पनि जनतालाई हेपेकै निर्णय थियो । किनभने जुन उम्मेदवारलाई अघि सार्नुभयो उहाँहरु उपयुक्त थिएनन् । आउटेडेट भइसकेका थिए । अहिले काँग्रेसले जे गरेको थियो त्यो पनि उपयुक्त थिएन । ती भन्दा उपयुक्त धेरै मान्छेहरु थिए । मैले त्यही बेला भनेको थिएँ, महिला दिने हो भने हरिप्रभा छँदैछिन्, उपमेयरमा राम्रो काम गरेकी थिइन् । पुरुष दिने हो भने तीर्थ डंगोल छँदैछन् भनेको थिएँ । त्यस्ता राम्रा मानिसहरु थिए ।’

उनले उम्मेदवारी दिँदा नै वंशवाद हावी भएको बताए । उनले भने, उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ । उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइ सक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु । त्यस्तो अतितमा पनि भएको छ । त्यसको परिणाम गत चुनावमा पनि भोगेकै हो । त्यस्ता कुरा फेरि पनि दोहो¥याउने हो भने के हुन्छ भन्न सकिँदैन । यस्ता घटनाबाट नेतृत्वले अब सिकेर सही किसिमको जनताले रुचाउने उम्मेदवार पार्टीले प्रस्तुत गर्नुपर्छ । पार्टी भन्दैमा जनताले मान्छन् भनेर मूर्ख निर्णय गर्नुहुँदैन ।’

वरिष्ठ नेता पौडेलले आगामी दिनमा पनि यस्तै गल्ती नेतृत्व पंक्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताए । यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरुले जनताले रुचाउने उम्मेदवार उठाउनुपर्ने भन्दै उनले पुनः मूर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्न नहुने समेत बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports