विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस

598
shares

काठमाडौं ।नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीको सिफारिस गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी विधान बमोजिम कारवाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताए । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारवाहीको सिफारिस गरेको छ’, बडालले भने ।

स्थानीय चुनाव पछि भूसालले एक अन्तर्वार्ता मार्फत् अध्यक्ष ओलीको आलोचना गरेका थिए । ‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडाल माथि पनि त्यस्तै कारवाही हुन्छ’, अध्यक्ष बडालले भने ।पार्टी विधान बमोजिम आवश्यक कारवाहीको निर्णय भने पार्टी कमिटी बाट हुने उनले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports