kumari
stcnepal

प्रधानमन्त्री देउवाले गरे सर्वजितको शुभमुहूर्त

काठमाडौं ।चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त गरिएको छ । दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा आधारित हुने चलचित्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज शुभमुहूर्त गरिएको हो । चलचित्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका हुन् ।

दलित महिला केन्द्रले निर्माण गर्ने चलचित्र निर्देशन दिनेश डीसीले गर्नेछन् । चलचित्र निर्माणका लागि एक करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

यसैबीच, पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा ५ महिनाको तलब सहयोग गर्ने भएका छन् । शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने बताएका हुन् ।

 

footer